scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

भिडन्तमा चार सैनिक मारिए

दमासकस, २ माघ । पूर्वी सिरियामा बुधवार सिरियाली सेना र इस्लामिक स्टेट्स (आइएस) लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा चार सिरियाली सैनिक मारिएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

सिरियाको दैर अल जोर प्रान्तको बुलाइल गाउँनजिकैे भिडन्त भएको ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले जानकारी दिएको छ ।

Dish_Home

आइएस लडाकू समूहले गरेको एम्बुस आक्रमणमा एक वरिष्ट सैनिक अधिकारीसहित पाँच सैनिकको मृत्यु भएको एक दिन पछाडी पुनः आइएसले आक्रमण गरेको बताइएको छ ।

अब्जरभेटरीका अनुसार सिरियामा सन् २०१९ को मार्चबाट सन् २०२० को जनवरीसम्म भएको यस प्रकारको आक्रामणहरुमा परी ३४१ जना सरकारी सैनिक तथा सरकार समर्थक लडाकू मारिएका छन्. । त्यसगरी १०३ आइएस लडाकू मारिएका जनाइएको छ ।
सिन्ह्रा

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय