scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

निर्भया बलात्कार काण्डः अभियुक्तलाई फाँसीमा नचढाउन अदालतको आदेश

एजेन्सी, २ माघ । दिल्लीको पटियाला हाउस कोर्टले निर्भया सामूहिक बलात्कारका दोषीलाई सुनाइएको मृत्युदण्डको सजायमाथि ‘स्टे अर्डर’ जारी गरेको छ । अदालतको उक्त आदेशपछि सामूहिक बलात्कारका ४ जना दोषीले यही जनवरी २२ गते फाँसी नपाउने भएका छन् ।

पटियाला हाउस कोर्टले निर्भया केसका एक अभियुक्त मुकेश सिंहको याचिकामाथि सुनाइ गर्ने क्रममा ‘स्टे अर्डर’ सुनाएको हो । यसको अर्थ चारैजना दोषीलाई २२ जनवरीमा फाँसीको फन्दामा नचढाइने भएको हो ।

Dish_Home

अदालतले जेलका अधिकारीलाई २२ गते फाँसी नदिन भन्दै आदेश जारी गरेको छ ।

‘स्टे अर्डर’पछि कानुन अनुसार जेलका अधिकारीले अदालत तथा राज्य सरकारलाई दया याचिका दायर भएको र फाँसीको सजायलाई स्थगित गरिएको भनेर सूचित गर्नु पर्नेछ ।

साथै जेलका अधिकारीहरुले जबसम्म राष्ट्रपतिद्वारा यसबारे निर्णय हुँदैन तबसम्म दोषीलाई फाँसीमा चढाइदैन भनेर समेत रिपोर्ट पेश गर्नपर्नेछ ।

चारैजना दोषीविरुद्ध गत पुस २२ गते डेथ वारेन्ट जारी गरिएको थियो । चारैजनालाई जनवरी २२ गते बिहान सात बजे फाँसी दिइने गरी उक्त वारेन्ट जारी गरिएको थियो । ।

दोषीहरुलाई ८ वर्षअघि दिल्लीमा भएको एक बलात्कार काण्डमा फाँसीको सजाय सुनाइएको हो । निर्भया काण्डमा अक्षय, मुकेश, विनय र पवनलाई यस अघि नै फाँसीको सजाय सुनाइएको थियो ।

सन् २०१२ डिसेम्बर १६ गते वर्षीया ज्योति सिंहमाथि सामूहिक बलात्कार भएको थियो । आफ्ना साथी अविन्द्र प्रताप पाण्डेसँगै फिल्म हेरेर फर्किने क्रममा उनलाई एक समूहले बलात्कार गरेको थियो । बलात्कार भएको १३ दिनपछि सिंहको मृत्यु भएको थियो ।

ज्योति र अविन्द्र राति ९ः४५ बजे बस चढेर घर फर्कँदै गर्दा बसमा रहेका ४ जनाले ज्योतिलाई बलात्कार गरेका थिए । बस चढेपछि बसमा रहेका ४ जनासँग अविन्द्रको भनाभन भएको थियो ।

भनाभनपछि अविन्द्रलाई उक्त समूह (दोषीहरु) ले कुटेर बेहोस बनाएका थिए । त्यसपछि ज्योतिलाई बसको पछाडि लगेर सामूहिक बलात्कार गरेका थिए ।

अभियुक्तहरूले बेहोसका ज्योति र अविन्द्रलाई चलिरहेको बसबाट बाहिर सडकमा फालेका थिए ।

उक्त घटनामा गम्भीर घाइते भएका अविन्द्र भने बाँच्न सफल भएका थिए तर उपचारका क्रममा ज्योतिको मृत्यु भएको थियो ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय