scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

इमरान खानलाई भारत भ्रमणको निम्तो

एजेन्सी, २ माघ । भारत सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भ्रमणको निम्तो दिने भएको छ ।

भारत सरकारले भारतमा हुन गइरहेको शांघाई  कोअपरेशन अर्गनाइजेशन (एससिओ) मा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलनमा सहभागी हुन भन्दै खानलाई निमन्त्रणा दिन लागेको हो ।

Dish_Home

भारतीय विदेशमन्त्रालयका प्रवक्ता रभीश कुमारले खानलाई भारतको भ्रमणको निम्तो दिइने बताएका छन् ।

‘यसै वर्ष भारतमा एससिओमा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलन हुँदैछ’, कुमारले भने, ‘स्थापित अभ्यास र प्रक्रिया अनुसार ८ वटा सदस्य मुलुक र ४ वटा पर्यवेक्षक मुलुकसहित अन्तर्राष्ट्रिय साझेदारलाई निमन्त्रणा गर्दैछौं ।’

यसै वर्षको अन्त्यतिर एससिओमा आबद्ध सरकार प्रमुख र प्रधानमन्त्रीको सम्मलेन भारतमा हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन भन्दै भारतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निमन्त्रणा दिन लागेको हो ।

पहिलो पटक एससिओमा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलन भारतमा हुन लागेको हो । एससिओ मुलुकका राष्ट्र प्रमुखको बैठक भने जुलाइ महिनामा रुसमा हुँदैछ ।

शांघाई कोअपरेशन अर्गनाइजेशनको सदस्यमा ८ वटा मुलुक छन् । एससिओमा भारत, चीन, काजकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उज्वेकिस्तान छन् । सन् २०१७ देखि भारत र पाकिस्तानले उक्त संगठनको पूर्ण सदस्यता लिएका थिए ।

यदि शिखर सम्मेलनमा खान सहभागी भए भने उनी र मोदीबीच भेटवार्ता हुने भारतीय अधिकारीले बताएका छन् ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय