scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

धार्मिक सत्ता केही महिनामै ढल्छः इरानका पूर्वअधिराजकुमार

एजेन्सी, २ माघ । इरानका पूर्व अधिराजकुमार रेजा पहलवीले इरानको धार्मिक सत्ता चाँडै नै अन्त्य हुने बताएका छन् ।

अधिराजकुमार पहलवीले इस्लामिक धर्म गुरुहरूले चलाएको इरानी सत्ता केही महिनाभित्रै ढल्ने बताएका हुन् । उनले पश्चिमा मुलुकलाई हालको इरानी सत्तासँग वार्ता नगर्न समेत अपिल गरेका छन् ।

Dish_Home

‘हालको सत्ता केही समयभित्र नै अन्तिम विन्दुमा पुग्छ र मेरो विचारमा अहिले त्यस्तै देखिएको छ’, पूर्व अधिराजकुमार पहलवीले वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने ।

इरानमा गत नोभेम्बर महिनामा भएका विरोध प्रदर्शन र युक्रेनी विमान दुर्घटनापछि जारी प्रदर्शनले सन् १९७९ मा भएको इस्लामिक क्रान्तिको सम्झना दिलाएको समेत पहलबीले बताए ।

सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो । इस्लामिक क्रान्तिपछि तत्कालीन राजा मोहम्मदलाई पदबाट हटाइएको थियो  । लगत्तै शाही परिवार विभिन्न मुलुकमा शरण लिन पुगेको थियो ।

बाबुको निधनपछि अधिराजकुमार पहलवीले २१ वर्षको उमेरमा निर्वासनमा नै रहेको बेला आफूलाई शहनशाह वा राजाहरुको पनि राजा घोषण गरेका थिए । किशोर उमेरमा नै आफ्नो जन्मभूमि छोडेका उनले निर्वासनमा बसेर धार्मिक सत्ताको आलोचना गर्दै आएका छन् ।

आफ्नो वेभसाइटमा पूर्व अधिराजकुमार पहलवीले इरानलाई सेक्युलर र डेमोक्रेटिम मुलुक बनाउनु पर्ने तथा मानव अधिकारको रक्षा हुनुपर्ने बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय