scheduleमगलवार माघ १४ गते, २०७६

काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडाैं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा छलफल गर्न भन्दै भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ ।

सभामुख चयन प्रक्रियामा देखिएको विवाद, एमसीसी बारेको प्रक्रियालगायतका विषयमा संसदीय दलमा छलफल गर्न लागिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको बारेमा पनि बैठकमा छलफल गरिने उनको भनाइ छ । काँग्रेस संसदीय दलको बैठक भोलि दिउँसो साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय