scheduleआइतवार आश्विन ११ गते, २०७७

पक्राउ पुर्जी जारी भएसँगै बी एण्ड सीका सञ्चालक प्रसाईं फरार

झापा, २ माघ । झापा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध जिल्ला प्रसाशन कार्यालय भक्तपुरले पक्राउ आदेश जारी गरेको छ । प्रसाशन कार्यालयको पक्राउ पुर्जी जारी भएसँगै प्रसाईं फरार रहेको बुझिएको छ ।

मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाउँदै प्रसाईंले मुद्दा दायर गरेका  थिए । डा. गिरीले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा निवेदन दिनुका साथै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका थिए ।

निवेदनमाथि कारबाहीको प्रक्रिया अगाडी बढाउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । पक्राउ आदेश जारी भए लगत्तै भक्तपुरस्थित प्रसाईंको निवासमा प्रहरी पुगेको थियो । तर, प्रसार्इं नभेटिएको प्रहरी स्रोतले बताएको छ । झापामा रहेको घरमा समेत प्र प्रसाईंलाई प्रहरीले खोजी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । तर, झापामा पनि प्रसाईंलाई प्रहरीले भेटेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय