scheduleसोमवार फाल्गुन १२ गते, २०७६

चाया परेर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी ५ घरेलु उपाय

राम्रो बन्न सबैलाई मन पर्छ । तर चायाका कारण फोहोरी देखिनुपर्दा कयौं मानिसहरु हैरान भइरहेका हुन्छ । कपालमा चाया परेर चिन्तित हुने मानिसहरुको संख्या बढिरहेको छ । चायाले मानिसको सौन्दर्यमा प्रभाव पार्ने गरेको पाइन्छ ।

आज हामी तपाईलाई चाया हटाउने केही घरेलु ‍उपचारको बारेमा चर्चा गर्नेछौं । यी हुन् चाया कम गर्ने घरेलु उपायहरु:

अण्डाको पहेलो भाग अर्थात् रानो दहीमा मिसाएर कपालमा लगाएको आधा घण्टापछि नुहाउने ।

कागतीको रसमा थोरै मरिच मिसाएर लगाउने र केही समयपछि पखाल्ने ।

कपालमा वास्नादायक तेलभन्दा पनि शुद्ध तोरीको तेल लगाउने ।

अरुले प्रयोग गरेको काइँयो, हेयर क्रिमहरु प्रयोग नगर्ने ।

बजारमा पाइने रासाइनिक स्याम्पुहरु प्रयोग नगर्ने ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय