scheduleमगलवार माघ १४ गते, २०७६

बेफाइदा पनि छन् बेसारका, थाहा पाइराख्नुहोस्

के तपाईले कहिल्यै सोच्नुभएको छ खानामा रंग र स्वाद दिने बेसार स्वास्थ्यको लागि हानिकारक पनि हुनसक्छ ? हजुर, बेसारले तपाईंका हरेक समस्याको समाधान गर्दछ भन्ने छैन, यसलाई प्रयोग गर्ने तरिका नजान्दा हामीलाई कतिपय हानिकारक असर पनि पुर्‍याइरहेको हुनसक्छ ।

-धेरै बेसारको प्रयोग गर्दा पेटमा समस्या हुनसक्छ । यसले झाडापखाला, वायु बढाउने र कब्जियतको समस्या हुन सक्छ ।

– मधुमेहका बिरामीलाई बेसारको सेवन फाइदाजनक हुन्छ तर यसको धेरै प्रयोग गर्दा रगतमा चिनीको मात्रा घट्छ ।

– यदि सुरुदेखि नै एनिमियाको समस्याबाट पीडित हुनुहुन्छ भने बेसारको प्रयोगबाट टाढै रहनु बेस हुन्छ ।

– बेसारको अत्यधिक प्रयोगबाट मृगौलामा पत्थरीको समस्या पनि आउन सक्छ । यसको साथै पित्ताशयको पत्थरीको पनि समस्या बढ्छ । यसर्थ, पत्थरीबाट बच्नको लागि बेसारको सेवन घटाउनुपर्छ ।

– पहेंलो वस्तुहरुबाट एलर्जी हुने मानिसले बेसार खानु हुँदैन । यसको कारणले कयौं मानिसहरुलाई पेटको रोगले सताउने गर्दछ । यसले छालासम्बन्धी समस्याहरु पनि बढ्न सक्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय