scheduleबुधवार फाल्गुन ७ गते, २०७६

आर्सनललाई नमिठो झट्का, औवामियाङलाई तीन खेलको प्रतिबन्ध

काठमाडौँ, ३ माघ । क्रिस्टल प्यालेसका खेलाडीमाथि डरलाग्दो फउल गरेका आर्सनलका स्टार पिएरे इम्रिक औवामियाङलाई तीन खेलको प्रतिबन्ध लाग्ने भएको छ ।

गएको साता क्रिस्टल प्यालेसविरुद्ध भएको खेलमा उनले सोझै रातो कार्ड खाएका थिए । आर्सनलले रातो कार्डविरुद्ध गरेको अपिल खारेज भएसँगै उनलाई तीन खेलको प्रतिबन्ध लाग्ने भएको हो ।

उनले क्रिस्टलका म्याक्स मेयरलाई डरलाग्दो ट्याकल गरेका थिए ।

औवामियाङले सेफिल्ड युनाइटेड र चेल्सी र एफए कप अन्तर्गत बोर्नेमाउथसँगको खेल गुमाउने छन् । यो आर्सनलका लागि नमिठो झट्का भएको समिक्षकहरुले बताएका छन् । आर्सनलका गोलमेसिन नै प्रतिबन्धमा परेपछि प्रशिक्षक माइकल आर्टेटा तनाबमा रहेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय