scheduleबिहिवार आश्विन ८ गते, २०७७

‘त्यो जिदानको खुबी हो’

काठमाडौँ, ३ माघ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान पछिल्लो समय निकै चर्चामा रहेका छन् । लथालिंग रहेको रियललाई उनले समेल्न सफल भएका छन् । समिक्षकहरुका अनुसार उनी रणनीतिक हिसाबले निकै अब्बल साबित भएका छन् ।

रियललाई लगातार उपाधि जिताउनु र खेलाडीहरुको मनोबल उच्च बनाइ राख्नु त्यो जिदानको खुबी हो । अब्बल खेलाडीहरुको अभावमा पनि उनले खेलमा अडिग रहन सक्नुले पनि उनको चौतर्फी चर्चा रहेको छ ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुनु र हाल नहुनुले उनको रणनीतिलाई खासै फरक पारेको छैन । मिडिया रिपोर्टका अनुसार रियल उनको भुमिकालाई लिएर अत्यन्त खुसी रहेको छ ।

स्पेनिस लिगमा बार्सिलोनालाई टक्कर दिइराखेको रियलले यस सिजन जिदानको पुनरागमनसँगै उपाधि जित्ने सम्भावना पनि बलियो भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय