scheduleबुधवार फाल्गुन ७ गते, २०७६

रोनाल्डिन्होले गरे मेस्सीको तारिफ

काठमाडौँ, ३ माघ । पुर्व बार्सिलोनाका स्टार खेलाडी रोनाल्डिन्होले मेस्सीको तारिफ गर्दै उनीसँगकोे पलहरु सम्झना गरेका छन् । लियोनल मेस्सी र आफु अति नै मिल्ने साथी भएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘उनी मैदानमा छेउमा बसेर हामीलाई नियाली रहेका हुन्थे । उनले खेल्ने शैलीबाट म निकै प्रभावित भएको थिए । मैले प्रशिक्षक फ्रांक रिचकार्डसँग उनलाइ हामीहरुको अभ्यासमा सामिल गराउन आग्रह गरे । उनले पनि सहमति दिए । अन्ततः प्रशिक्षकले पनि उनलाई बेन्चमा धेरै दिन राख्न सकेनन् । मेस्सीको पहिलो गोल मेरो पासमा भएको थियो । त्यो सधैँ यादगार छ ।’

उनले थप्दै भने, ‘त्यसपछि भने हाम्रो मित्रता थप बलियो हुँदै गयो । उनी खेलमा बारम्बार चम्किन थाले । उनी खेल व्यापक सुधार ल्याउन प्रयासरत रहन्थे । उनी मनभित्रैदेखि सबैको राम्रो चाहने व्यक्ति हुन् । उनलाई अरुबाट खासै अपेक्षा राख्दैनन् । उनका लागि परिवार नै सबैथोक हो ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय