scheduleमगलवार फाल्गुन १३ गते, २०७६

इरानका सर्वोच्च धार्मिक नेता खमेनेईले आज नमाजको अगुवाई गर्ने

काठमाडौँ, ३ माघ । इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले आज तेहरानमा गरिने प्रार्थनामा नेतृत्व गर्दैछन् । इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह अली खमेनेईले आज नमाजको अगुवाई गर्ने र नागरिकहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। राज्य सञ्चालित समाचार संस्था (आइआरएनए)ले बुधबार इरानी अधिकारीलाई उद्धृत गर्दै तेहरानमा हुने प्रार्थनासभामा सात वर्षपछि खामेनीको उपस्थिति हुन लागेको हो ।

तेहरानमा हुने इमाम (प्रार्थना) का लागि मुख्य व्यक्ति खामेनी भएपनि उनले उक्त जिम्मेवारी आफ्ना प्रतिनिधिमार्फत् सञ्चालन गर्दै आएका थिए ।

खामेनीले यस पहिले तेहरानस्थित मोसल्ला मस्जिद्मा सन् २०१२ को फेब्रुअरीमा गरेका थिए । ईस्लामिक क्रान्तिको ३३ औँ वार्षिक उत्सव र इरानले आणविक विषयका कारण सङ्कट झेलेका समय नेतृत्व दिएर एकताका लागि सम्पूर्ण इरानीलाई प्रोत्साहन गरेका थिए ।

खामेनीको उत्तराधिकारीका रूपमा समेत हेर्ने गरिएका इरानी विशेष सुरक्षा बलका प्रमुख कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा भएको अमेरिकी आक्रमणमा मृत्यु र प्रत्युत्तरमा तेहरानले इराकस्थित अमेरिकी सैन्य शिबिरमा गरेका आक्रमणका क्रममा इरानी नागरिकसमेत रहेको यूक्रेनी विमान खसालिएपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै इरानी सर्वोच्च नेताले सक्रियता देखाएका थिए ।

यूक्रेनी विमानलाई ‘भुलबश’ शत्रुद्वारा हानिएको ‘क्रुज मिसाइल’ भनी खसालेपछि इरानको राजधानी तेहरानमा सरकारविरोधी नारा लागेपछि सबैलाई अमेरिकाविरूद्ध एकतावद्ध गर्न उनले प्रार्थनाको नेतृत्व गर्नलागेको अनुमान गरिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय