scheduleसोमवार फाल्गुन १२ गते, २०७६

कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् एजेन्डाहरु


काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजका लागि संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न काँग्रेसले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।

सभामुख चयन प्रक्रियामा देखिएको विवाद, एमसीसी बारेको प्रक्रियालगायतका विषयमा संसदीय दलमा छलफल गर्न लागिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको बारेमा पनि बैठकमा छलफल गरिने उनले बताए । बैठक आज दिउँसो साढे १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय