scheduleसोमवार आश्विन १२ गते, २०७७

राष्ट्रियसभा चुनावका लागि मतपत्र सबै प्रदेशमा


काठमाडौं, ३ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि आवश्यक मतपत्र छपाइ गरी सातवटै प्रदेशमा पठाइएको जनाएको छ ।

राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि यहि माघ ९ मा निर्वाचन हुँदैछ । राष्ट्रियसभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र तोकिएको छ ।

प्रदेशको उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकिएकाले कतिपय प्रदेशमा राजधानी भन्दा फरक स्थानमा मतदान हुनेछ । प्रदेशसभा सदस्यले मतदान गर्ने र स्थानीय तहका सदस्यले मतदान गर्ने दुईथरीको मतपत्र तयार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बनाए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्र सेतो कागजमा हरियो रङको मसीले विवरण र निर्वाचन चिह्न तथा स्थानीय तहका सदस्यले मतदान गर्ने प्रयोजनका लागि सेतो कागजमा रातो रङको मसीले विवरण र निर्वाचन चिह्न उल्लेख हुने श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय