scheduleबिहिवार आश्विन ८ गते, २०७७

समाजवादी सरकारको निर्णय- सामुदायिक विद्यालयका छात्राहरुलाई प्रोत्साहन भत्ता


वीरगञ्ज, ३ माघ । प्रदेश नम्बर दुईको सरकारले प्रदेश भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना ५०० रुपैंया प्रोत्साहन भत्ता दिने भएको छ ।

प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विहीबार वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले ‘प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई ५०० रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको’ जानकारी गराएका हुन् ।

समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले भने, ‘प्रदेशका सबै छात्राहरुलाई दिने होइन, गरिब, दलित र विपन्न मुस्लिम समुदायका छोरीहरुलाई मात्रै यो रकम उपलब्ध गराउँछौं ।’

प्रोत्साहन भत्ताले छोरीलाई नियमित विद्यालय पठाउने संस्कारको विकास हुने पनि आफूले विश्वास लिएको मुख्यमन्त्री राउतले बताए ।
प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत एक लाखको बीमा रकमलाई २० लाख रुपैंयासम्म पुर्‍याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय