scheduleबिहिवार आश्विन ८ गते, २०७७

२० करोड वर्ष पुरानो २०० रुखहरू जसलाई विनाशकारी डडेलोबाट पनि बचाइयो

aus-tree
सिडनी, ३ माघ । अष्ट्रेलियामा लागेको डडेलोले पर्यावरण र जैविक विविधतामा अत्यधिक नोक्सानी पुर्‍याएका छ । यही दुःखद खबरको बीचमा एउटा राम्रो खबर पनि बँचेको छ ।

५० लाख एकड क्षेत्रमा फेलिएको जंगललाई सखाप बनाएको डडेलोबाट बचाउँदै त्यहाँका दमकलकमर्मीले २०० लोपोन्मुख रुखहरु भने बचाएका छन् । भोलेमी पाइन प्रजातिको ती रुखहरुको स्थानीय नाम ‘डाइनोसार ट्रीज’ रहेको छ ।

यी रुखहरु २० करोड वर्ष पुरानो भएको मानिन्छ । दमकलकर्मीहरु वरपरको आगो निभाएसँगै यी रुखहरुसम्म आफूलाई पुर्‍याउन सफल भएक ाथिए । उनीहरु हेलिकप्टर लिएर त्यहाँसम्म पुगेका हुन् ।

न्यू साउथ वेल्सका पर्यावरण मन्त्री मैट केनका अनुसार भोलेमी पाइन्सको रुख केवल ब्लू माउन्टेन्सको जंगली इलाकामा मात्र पाइन्छ । त्यहाँ केवल २०० रुख मात्र बचेका छन् । यसको वास्तविक स्थान भने गोप्य राखिएको छ ।

यसरी चलाइएको थियो रुख बचाउने अपरेशन
मन्त्री केनका अनुसार आगो लाग्न सुरु भएपछि नै त्यसलाई बचाउनुपर्छ भन्ने लागेको र विशेष अपरेशन सुरु गरिएको थियो । आगो निरन्तर ती रुखहरुको नजिक पुगिरहेको थियो । दमकलकर्मीले सुरुमा वाटर बम्बिङ जेटको मद्दतले पानी र आगो निभाउने सामग्री रुखआसपास फ्याँकेका थिए ।

आगो कम भएपछि उनीहरु जंगलमा झरेका थिए । डाइनोसार ट्रिजनजिकै जेनेरेटरबाट चल्ने एक सिंचाई प्रणाली लगाइएको थियो । यसबाट रुखहरुमा गर्मीको प्रभाव नहोस् भन्ने उद्देश्य राखिएको थियो ।

केनका अनुसार पहिला भोलेमी पाइनका रुखहरु लोपोन्मुख हुँदैछ भन्ने पत्ता लागेको थियो । यसअघि यस्तो रुखको केवल जीवाश्म मात्रै भेटिएको थियो ।

भोलेमी पाइनको जंगलमा अवैध ढंगले जाने मानिसहरुबाट खतरा थियो । पहिलोपटक यो जंगललाई आगोबाट बचाउने खतराबाट रोकिएको थियो । यसबाट भविष्यमा यस्ता घटनाहरु जोडिएमा कसरी संरक्षण गर्ने भन्ने सन्देश मिलेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय