scheduleसोमवार फाल्गुन १२ गते, २०७६

ए डिभिजन लिग : हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

काठमाडाैं, ३ माघ ।  शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले मछिन्द्र क्लब माथि जित हात पारेको छ । आज भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र माथि २–० गोलको जित हात पारेको हो ।

लिगमा पहिलो हारसँगै मछिन्द्रलाई उपाधि होडमा धक्का लागेको छ । लिगकै पहिलो जितले रेलिगेशन संकट टार्न संघर्षरत हिमालयन शेर्पा भने नवौं स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा हुने भनिएको खेल वर्षाका कारण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाईएको थियो । शीर्ष स्थानको नेपाल आर्मीसँग समान १३ अंक भएपनि मछिन्द्र गोल अन्तरमा आधारमा दोस्रो स्थानमा रहेको छ । साथै आर्मीले एक खेल कम खेलेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय