scheduleबिहिवार श्रावण २९ गते, २०७७

धरापमा पैदलयात्रीको ज्यान, ६ महिनामा ३२ जना मारिए

काठमाडौँ, ४ पुस । विगत छ महिनामा ३२ पैदलयात्रीको मृत्यु भएपछि ट्राफिक प्रहरीले सचेतना अभियान सुरु गरेको छ । राजधानी उपत्यकामा प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नियन्त्रणमा लिई ट्राफिक नियम सम्बन्धी सचेतना कक्षा लिन थालेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले जथाभावी बाटो काट्दा यात्रु र सवारीसाधन दुईटै दुर्घटनामा पर्ने गरेको बताए । दुर्घटना नियन्त्रणका लागि पैदलयात्री केन्द्रित कारबाही अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे । आकाशे पुल मुनिबाट बाटो काट्ने र जेब्रा क्रसिङ प्रयोग नगर्नेलाई कारबाहीसमेत थालिएको छ ।

जेब्रा क्रसिङ भएको स्थानबाट भन्दा आफूखुसी बाटो काटिदिँदा पैदलयात्री दुर्घटनामा पर्ने गरेको जानकारी दिँदै उनले जेब्रा क्रसिङ (सेतो धर्का) भएको स्थानबाट मात्र बाटो काट्न आग्रह गरे ।

आकाशे पुलको प्रयोग अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उपत्यकामा भएका ७६ वटा सडक दुर्घटनामध्ये ३२ पैदलयात्रीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष दुई सय ५४ दुर्घटनामध्ये ९३ पैदलयात्रीले ज्यान गुमाएको महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय