scheduleमगलवार फाल्गुन १३ गते, २०७६

गुण्डागर्दीको मुहान बन्दै अवैध क्रसर उद्योग

काठमाडौँ, ४ माघ । रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ ।

सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ ।

कानुनी रूपमा अवैध, प्राकृतिक भूबनावट, सम्पदा तथा वातावरणीय दृष्टिले विनाशकारी उक्त कार्य रोक्न आग्रह गर्दा धनुषाका २४ वर्षीय ओमप्रसाद महतो (दिलीप)को त्रूmर हत्या भएको पछिल्लो उदाहरण हो ।

नदीको ‘धार’ नै परिवर्तन हुने गरी भएको रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी रोक्न अघिल्लो साता बिहान खोला किनारामा पुगेका दिलीपलाई क्रसर उद्योग व्यवसायी विनोद र विपिन महतो दाजुभाइले फलामको रडले घोचेर बेहोश बनाई टिप्परले किच्न लगाई हत्या गरिएको दाबी प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेतका अनुसार अवैध रोडा, ढुङ्गा तथा बालुवा र क्रसर उद्योगको नियन्त्रणमा चुनौती देखिएको छ । व्यक्तिगत आयआर्जनका अतिरिक्त स्थानीय तहका लागि आम्दानीको आकर्षक स्रोत भएकाले जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दै गएको छ ।

खानी विभागका अनुसार ढुङ्गा र बालुवा उत्खननका लागि ९५ वटा कम्पनीले मात्र स्वीकृति लिएका छन् । त्योभन्दा बढी सङ्ख्यामा स्वीकृति नलिएको खानी भए पनि तिनको यकिन तथ्याङ्क छैन ।

त्यस्ता खानीमध्ये २५ वटा काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालनमा छन् । नदीजन्य वस्तुको उत्खननका लागि स्थानीय तहबाट स्वीकृति लिनुपर्छ । त्यसका लागि प्राविधिक सहमति विभागबाट लिनुपर्ने हुन्छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले खबर लखेकाे छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय