scheduleमगलवार फाल्गुन १३ गते, २०७६

चितुवा मृत अवस्थामा फेला

पोखरा, ४ माघ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा आज बिहान मृत अवस्थामा चितुवा फेला परेको छ ।

मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिए । चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । अहिले प्रहरी र जिल्ला वन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको उनले बताए । के कारणले चितुवाको मृत्यु भएको हो, पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय