scheduleबुधवार फाल्गुन ७ गते, २०७६

सोमालियामा आत्मघाती कार बम विस्फोट

फाइल तस्बिर

एजेन्सी, ४ माघ । सोमालियामा प्रहरी र टर्कीका ठेकेदारलाई लक्षित गरी कार बम विस्फोट भएको छ ।

शनिबार राजधानी मोगादिशुको उत्तरपश्चिममा रहेको अफगोये नगरमा टर्कीका ठेकेदार र प्रहरीलाई लक्षित गरी कार बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

कार बम विस्फोटमा परी कम्तिमा पनि ६ जना घाइते भएको समेत सोमालियाको प्रहरीले जनाएको छ । उक्त बम विस्फोट कसले गराएको थियो भनेर पुष्टि हुन सकेको छैन ।

शनिबार टर्की र सोमाली प्रहरीलाई लक्षित गरी आत्मघाती कार बम विस्फोट गराइएको अधिकारीहरूले बताएका छ्न् । विस्फोटबाट ३ जना टर्कीका इन्जिनियर र १ जना दोभाषे घाइते भएको उनीहरूको भनाइ छ । साथै २ जना प्रहरी समेत घाइते भएका छन् ।

मोगादिशुस्थित अस्पतालमा घाइतेहरूको उपचार भइरहेको समेत समाचारले जनाएका छन् ।

तर पछिल्लो समय अल शबाबका लडाकुले सोमालियामा आक्रमणलाई तीव्रता दिँदै आएका छन् । शुक्रबार मात्रै अल शबाबले अफगोयेमा आक्रमण गर्ने प्रयास गरेक थिए ।

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय