scheduleमगलवार फाल्गुन १३ गते, २०७६

रियल मड्रिड लिगको शिर्षस्थानमा उक्लियो

काठमाडौँ, ५ माघ । गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले सेभियालाई २-१ गोलले पराजित गरेको छ । रियलाई जित दिलाउन कासिमिरोले दुई गोल गरे । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

रियलका लागि खेलको ५७ औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिलाए । खेलको ६४ औं मिनेटमा जोङले बराबरी गोल फर्काए । तर, खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गरे ।

यो जितसँगै रियल २० खेलबाट ४३ अंकका साथ लिगको शिर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ ।

सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय