scheduleमगलवार फाल्गुन १३ गते, २०७६

अर्लिङ हालाण्डले डेब्यु खेलमा नै ह्याट्रिक गरे

काठमाडौँ, ५ माघ । गएराति भएको जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले अग्सवर्गलाई ५-३ गोलले पराजित गरेको छ । दुई गोलले पछि परेको डोर्टमण्डले सानदार कमव्याक गर्दै जित निकाल्न सफल भएको हो ।

जनवरीमा डर्टमण्डमा अनुबन्ध भएका अर्लिङ हालाण्डले डेब्यु खेलमा नै ह्याट्रिक गर्न सफल भए ।

नर्वेका १९ वर्षे युवा फरवार्ड हालाण्डले बुण्डेसा लिगमा सानदार सुरुवात गरेका छन् ।

यस्तै जाडोन सान्चो र जुलियन ब्राण्टले एक एक गोल गरेका थिए ।

विपक्षी टिमका लागि फ्लोरियन निडेरलिच्नरले दुई गोल गरे पनि खेल जिताउन भने सकेनन् । मार्को रिट्चरले एक गोल गरेका थिए ।

यो जितसँगै डर्टमण्डले १८ खेलमा ३३ अंक जोडेको छ । डर्टमण्ड लिगको चौंथो स्थानमा रहेको छ ।

अग्सवर्गलृ २३ अंक जोडेको छ । उ लिगको ११ औं स्थानमा रहेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय