scheduleसोमवार आश्विन १२ गते, २०७७

सैनिक तालिम केन्द्रमा मिसाइल र ड्रोन हमला हुँदा ६० जना मारिए

एजेन्सी, ५ माघ । यमनको मरिब शहरमा रहेको एक सैनिक तालिम केन्द्रमा हुथी विद्रोहीले आक्रमण गरेका छन् । आक्रमणमा परी ६० जनाको ज्यान गएको छ ।

इरानको समर्थनप्राप्त हुथी विद्रोहीले मरिबमा रहेको सैनिक तालिम केन्द्रमा शनिबार आक्रमण गरेका थिए । उक्त हमलामा परी ६० जनाको मृत्यु भएको छ । त्यस्तै दर्जनौं घाइते भएको साउदी अरबको सरकारी टेलिभिजनले जनाएको छ ।

समाचार अनुसार ब्यालिस्टिक मिसाइल र ड्रोन हमलाबाट सैनिक तालिम केन्द्रमा हमला भएको थियो ।  तालिम केन्द्रमा रहेको मस्जिदमा समेत हमला भएको थियो । हमलाका क्रममा उक्त मस्जिदमा सैनिकहरू प्रार्थना गरिहेको बताइएको छ ।

हमला लगत्तै यमनको राजधानी सानाको उत्तरपूर्वी क्षेत्र नहममा रहेका हुथी विद्रोहीका क्याम्पमा अरब गठबन्धनको सेनाले बमबारी गरिरहेको समेत समाचार माध्यममा जनाइएको छ ।

यमनमा इरान र साउदी अरबले समर्थन गरेका समूहबीच युद्ध भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय