scheduleसोमवार आश्विन १२ गते, २०७७

हजुरबुवाको स्मृतिमा आफू पढेको विद्यालयमा अक्षयकोष स्थापना


गोरखा, ५ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-७ स्थित शैलपुत्री माविले ६० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सको अवसरमा हाल अस्ट्रेलिया रहेका स्थानीय सञ्जिप अंगाई र सजिता श्रेष्ठले हजुरबुवाको भैरप्रसाद अंगाईको सम्झनामा विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

अंगाई दम्पत्ति पाँचखुवा देउरालीका स्थायी बासिन्दा हुन् । अक्षयकोषको नाम ‘स्व. श्री भैर अंगाई स्मृति शैक्षिक विकास कोष’ रहेको विद्यालयका प्रधानाध्यापक रामकुमार श्रेष्ठले जानकारी दिए । यस्ता कोषहरुको स्थापनाले विद्यार्थी तथा अभिभावकमा हौसल थप्ने र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

कोषको घोषणा गरेको अंगाई दम्पत्तिले आउँदा दिनमा पनि समाजमा रचनात्मक कार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएका छन् । ‘हामी कोषलाई समयानुकूल वृद्धि गर्दै लैजानेछौं,’ अंगाईले भने, ‘कोषको ब्याजबाट प्राप्त हुने रकमबाट गरिब तथा विपन्न वर्गलाई छात्रवृत्ति प्रदान तथा कला, संगीत, खेलकूद लगायतका बहुविधामा मेधावी विद्यार्थीलाई प्रोत्साहनमा खर्च गर्छौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय