scheduleमगलवार फाल्गुन १३ गते, २०७६

नक्कली नोटसहित कलङ्की चोकबाट दुई पक्राउ

काठमाडाैं, ५ माघ ।  महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट  एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय