scheduleसोमवार फाल्गुन १२ गते, २०७६

प्रदेश मन्त्रिमण्डल विस्तार : को-को भए राज्यमन्त्री नियुक्त ?

विराटनगर, ५ माघ ।  प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गरे अनुसार चाप्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ ।र राज्यमन्त्री नियुक्ति गरेका हुन् ।

नियुक्त हुने राज्यमन्त्रीहरुमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा) सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन् ।

मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ गराए । नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर (विश्वकर्मा) झापा तथा विश्वास मोरङ जिल्लाको हुन् । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय