scheduleमगलवार फाल्गुन १३ गते, २०७६

स्टिभको शतकसँगै अष्ट्रेलियाद्वारा भारतसामु २८७ रनको लक्ष्य प्रस्तुत

एजेन्सी, ५ माघ । स्टिभ स्मिथको शतकसँगै अष्ट्रेलियाले बेंगुलरु वनडेमा भारतसामु २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८७ रन बनाउँदै भारतसामु २८७ रनको लक्ष्य प्रस्तुत गरेको हो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक रन बनाएका छन् ।

स्मिथले १३२ बलमा १३१ रन बनाएका थिए । उनले १४ चौका र १ छक्कासहित उक्त रन जोडेका हुन् । तर ४८ औं ओभरको पहिलो बलमा स्मिथ आउट भएपछि अष्ट्रेलियाले अन्तिमतिर धेरै रन बनाउन भने सकेन ।

अन्तिमतिर भारतीय बलर मोहम्मद शमीले शानदार बलिङ गरेका थिए । उनले ४८ औं ओभरमा स्मिथ र पैट कमिंसलाई आउट गरे भने अन्तिम ओभरमा एडम जम्पा आउट भए ।

शमी भारतका लागि सबैभन्दा सफल बलर समेत साबित भए । उनले ६३ रन दिँदै ४ विकेट लिएका थिए ।

सिरिजको तेस्रो तथा निर्णायक खेलमा अष्ट्रेलियालाे टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

अष्ट्रेलियाका डेभिड वार्नर भने सस्तैमा आउट भए भने कप्तान एरोन फिन्चले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । तर स्मिथले तेस्रो विकेटका लागि मार्नस लाबुशेनसँगै १२७ जोड्दै आफ्नो टोलीलाई प्रतिस्पर्धात्मक बनाएका थिए । लाबुशेनले ६४ बलमा ५४ रन बनाएर आउट भएका थिए ।

आजको शतकसँगै स्मिथले २ वर्षपछि वनडे क्रिकेटमा शतक बनाएका छन् । यसअघि उनले २०१७ मा पर्थमा भएको पाकिस्तानविरुद्धको खेलमा शतक प्रहार गरेका थिए ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय