scheduleसोमवार फाल्गुन १२ गते, २०७६

लागूऔषध कारोबारी प्रहरी खोरमा

एसपी यादव/ सर्लाही, ५ माघ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषधसहित दुईजना लागूऔषध कारोबारीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले आइतबार एक पत्रकार सम्मेलन गरी पक्राउ परेका लागूऔषध कारोबारीहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गण्डकी नपाका ३ का ३५ वर्षीय पुर्णबहादुर तामाङ र सुखला गण्डकी नपा वडा नं. ७ का ४३ वर्षीय यज्ञचन्द्र आले रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी गराएका छन् ।

बा १२ च ३५२७ नम्बरको कारमा लागूऔषध लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले फेन्साड्रील १०० एम एलको २ सय १० बोत्तल, नाइट्राभेट ट्याब्लेट ९ सय पिस, नेपाली रुपैयाँ ३ लाख ६७ हजार, हङ्कङ डलर २४ सेन्ट र मोबाइल ५ थान बरामद गरेको छ ।

भारतको इनर्वा गाउँ हुँदै नेपाल आउँदै गरेको अवस्थामा पर्सा गापा ५ स्थित सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले तमाङ र आलेलाई पक्राउ गरेको उपरीक्षक पोखरेलले बताए ।

पक्राउ परेका तमाङ र आलेलाई जिप्रका सर्लाहीमा राखेर थप अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रमुख पोखरेलले जनाए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय