scheduleसोमवार फाल्गुन १२ गते, २०७६

बढ्यो लागूऔषध कारोबार, एकै दिन तीन युवक पक्राउ


लहान, ६ माघ । नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो ।

स३प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा सवार ती दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट तीन ट्याब्लेट समेत बरामद गरिएको छ ।

यस्तै सिरहाकै मिर्चैया नगरपालिका–६ कटारीचौकबाट प्रहरीले डिलेक्स डिसी १०० एमएलको १३ बोतल लागुऔषधसहित स्थानीय २४ बर्षीय अशोक कुमार साहलाई पक्राउ गरेको छ । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय