scheduleसोमवार फाल्गुन १२ गते, २०७६

अब सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र


सुर्खेत, ६ माघ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विभागबाट अनुमति पाएसँगै कार्यालयले आइतबारदेखि अनलाइन आवेदन खुल्ला गरेको छ ।

यसअघि सवारी चालक अनुमतिपत्र लिन कर्णाली प्रदेशबाट प्रदेश ५ को नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालय जानुपर्ने बाध्यता थियो । प्रदेश सरकार गठन भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले लाइसेन्स वितरणको व्यवस्थापकीय तयारीमा जुटिसकेको बताए । मन्त्रालयले करार सेवामा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य अघि बढाइएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय