scheduleबिहिवार फाल्गुन ८ गते, २०७६

इन्टर मिलानलाई ४ अंकले पछि पार्दै युभेन्टस शीर्षस्थानमा थप बलियो


एजेन्सी, ६ माघ । युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाउन सफल भएको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २-१ को जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको हो ।

जितसँगै युभेन्टसले २० खेलबाट ५१ अंश जोड्दै दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । समान खेल खेलेको इन्टर मिलानको ४७ अंक छ ।

आइतबार राति घरेलु मैदान एलिएन्ज स्टेडियम टोरिनामा आयोजित खेलमा युभेन्टसले पार्मालाई दवावमा राखेपनि गोलको लागि पहिलो हाफको अन्त्यसम्म पर्खनुपर्‍यो ।

पार्मालाई लगातार दवावमा राखेको युभेन्टसले ४३औं मिनेटमा रोनाल्डोको गोलबाट पहिलो हाफमा १-० को अग्रता लियो । रोनाल्डोले ब्लेस माटुइडीको पासमा गरेको सशक्त प्रहार सिधै गोल गरेका हुन् ।

५५औं मिनेटमा पर्माले बराबरी गोल फर्कायो । एन्द्रियस कोर्निलियसले माटयो स्कोजारेल्लाको पासमा हेडमार्फत बराबरी गोल फर्काए ।

लगत्तै तीन मिनेटपछि ५८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै युभेन्टसलाई खेलका २-१ को अग्रता दिलाए ।

८०औं मिनेटमा पार्माका जस्मिन कुरटिकको प्रहारलाई युभेन्टसका गोलरक्षक वोजसिएचले बचाए । ९०औं मिनेटमा रोनाल्डो ह्याट्रिक नजिक पुगेर चुके ।

आइतबारै राति आयोजित अर्को खेलमा इन्टर मिलान लेच्चेसँग १-१ गोलको बराबरीमा रोकिदै अंक बाडेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय