scheduleसोमवार फाल्गुन १२ गते, २०७६

बाह्रबीसेको निषेधाज्ञा आज पनि


धुलिखेल, ६ माघ । सिन्धुपाल्चोक जिल्लाको बा‍ह्रबीसे बजार क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आजपनि जारी रहेको छ । बाटो विस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीयले बजार क्षेत्रमा नारा जुलुस गरी नगरपालिकाको कार्यालयमा तालाबन्दी र तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बिहान ८ बजेदेखि साँझ पाँच बजेसम्मका लागि अर्को व्यवस्था नभएसम्म पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रजज्वल महर्जनले प्रशासन कार्यालले बाह्रबीसे बजारबाट पूर्वमा ३ सय मिटर, पश्चिममा भोटेकोशी खोला, उत्तरमा इलाका प्रहरी कार्यालय, बाह्रविसे नगरपालिका ४ र दक्षिणमा बाह्रबीसे बजारबाट पिस्कर र क्षमादेवी जानेबाटोको सुनकोसी चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

पटक पटक सार्वजनिक सूचना जारी गर्दापनि सडक अतिक्रणम गरेर बनाइएको घर हटरा खाली नगरेपछि नगरपालिकाले शुक्रबार डोजर लगाएर भत्काएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय