scheduleमगलवार फाल्गुन १३ गते, २०७६

अध्यक्षद्वयको आग्रहपछि ‘प्रक्रिया अगाडि बढ्छ’ भन्दै निस्किइन् शिवमाया


काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन पुनः आग्रह गरेका छन् ।

सोमबार बालुवाटारमा बोलाएर उपसभाामुख तुम्बाहाम्फेलाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले सचिवालयको बैठकद्वारा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार टुङ्गो लागिसकेकाले राजीनामा दिन आग्रह गरेका हुन् ।

ओली र प्रचण्डको आग्रहपछि जवाफमा उपसभामुख शिवमाया संसदको प्रक्रिया अगाडि बढाउने जवाफ दिँदै बालुवाटारबाट बाहिरिएकी छिन् । संसद बैठक १ बजे बस्दैँछ । बैठक अघि उपसभामुख शिवमायाले राजीनामा दिने विश्वास नेकपाले गरेको छ ।

एक महिनाको रस्साकस्सी नेकपाले आइतबार सभामुखको लागि अग्नीप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अहिले बालुवाटारमा अध्यक्षद्वयबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार बालुवाटारमा अध्यक्षद्वयले उपसभामुख तुम्बाहाम्फेलाई पार्टी निर्णयबारे जानकारी गराएका थिए ।

‘अध्यक्षद्वयले पार्टी निर्णयबारे जानकारी दिनुभयो, निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्रक्रिया अगाडि बढ्छ भनेर हिंड्नुभएको छ,’ उनले भने । थापाले उपसभामुखले प्रक्रियामा राजीनामा पनि पर्ने भन्दै उपसभामुखले राजीनामा दिएपछि जेष्ठ सदस्यले संसद चलाएर सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने बताए ।

नेकपा संसदीय दलको बैठक आजै ११ बजे बस्ने भनिएपनि अध्यक्षद्वयको बैठक बस्दा नै १२ बजिसकेकोले संसदीय दलको बैठक बस्ने सम्भावना कम भएको उनले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय