scheduleसोमवार फाल्गुन १२ गते, २०७६

राष्ट्रियसभा निर्वाचनका राजपा उम्मेदवार सिंहविरुद्ध उजुरी

जनकपुर, ६ माघ । प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखर प्रसाद सिंहविरुद्ध उजुरी परेको छ ।

सिंहको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।

सोमबार नेपाली कांग्रेसका तर्फबाट अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका भोला  पञ्जियारले शेखरप्रसाद सिंहको उम्मेदवारी खारेजी माग गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १३ बमोजिम उजुरी निवेदन दिएको  पञ्जियारले बताए ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय