scheduleसोमवार फाल्गुन १२ गते, २०७६

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ

हेटौँडा, ६ माघ । वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराएका छन् ।  उनिहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरिएको थियो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रर्सांइले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गरे ।

उनले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गरे । शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय