scheduleमगलवार फाल्गुन १३ गते, २०७६

शरीरबाट पसिनाको दुर्गन्ध हटाउन यस्तो उपायहरु अपनाउनुहोस्


एजेन्सी । शरीरबाट काम र तापका कारण पसिना आउनु स्वभाबिकै हो तर पसिनाले शरीरको काखी र खुट्टामा बढी दुर्गन्ध निम्त्याउँछ । जतिनै सफा भएपनि गर्मीका कारणले पसिना आउँछ र यसले मनिसलाई सताइरहेको हुन्छ ।

आउनुस् जानौं यसबाट बच्ने उपायः

नीमको पातलाई पनीमा उमालेर कपडाले छानेर नुहाउनाले शरीरको दुर्गन्ध हटाउँछ । कागतीलाई आधा गरी काटेर काखीमुनी दल्ने गर्नाले पसिनाको दुर्गन्ध कम हुन्छ ।

गुलाब जललाई केही थोपा पानीमा मिसाएर नुहाउनाले शरीरमा लामो समयसम्म दुर्गन्ध आउनबाट रोक्छ । बेसन र चनाको पिठोलाई दहीमा मिसाएर नुहाउनु भन्दा अगाडि शरीरमा लगाउनु र १०/१५ मिनेट पछि त्यसलाई पखाल्ने गर्नाले शरीरको दुर्गन्ध हटाउन मद्दत गर्छ ।

नुहाइसकेपछि पानीमा एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिएको ठाउमा लगाउनाले दुर्गन्ध हट्छ । पुदिनाको पातलाई उमालेर पानीमा मिसाएर नुहाउनाले शरीरको ब्याक्टेरियालाई हटाउँछ जसले शरीरको दुर्गन्ध हटाउन सहयोग गर्छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय