scheduleसोमवार फाल्गुन १२ गते, २०७६

‘मिसाइल म्यान अफ इण्डिया’सँग जोडिएका यी ५ रोचक तथ्य

एजेन्सी । बहुआयामिक प्रतिभाका धनी स्वर्गीय एपिजे अब्दुल कलामलाई वैज्ञानिक, शिक्षाविद् तथा दूरदर्शी व्यक्तित्वको रूपमा सम्मान गरिन्छ । भारतको आणविक विकासमा उनले पुर्याएको योगदानका कारण कलामलाई ‘मिसाइल म्यान अफ इण्डिया’ भनेर पनि चिन्ने गरिन्छ । यस्ता महान् व्यक्तित्वसँग जोडिएका चाखलाग्दा यी ५ तथ्यहरू भने धेरैलाई थाहा नहुन सक्छः

१. कलामले आफ्नो तलव समाज सेवाका लागि अर्पण गर्थे । डा. कलामले आफ्नो सबै तलव तथा सम्पत्ति एउटा समाजसेवी संस्थालाई दान दिएका थिए । उनले आफैंले स्थापना गरेको ‘पियुआरए’ नामको ट्रस्टलाई दान गरेका हुन् ।

२. भारतको राष्ट्रपति भएपछि एक पटक उनले थिरुभननथापुनममा रहेको विक्रम साराभाई स्पेस सेन्टरको भ्रमण गरेका थिए । यसक्रममा उनी एकजना जुत्ता बनाउने मानिसलाई भेट्न गएका थिए । ती व्यक्तिको नाम थियो, जर्ज । जर्जसँग कलामको राम्रो र पुरानो चिनजान थियो । कलाम राष्ट्रपति हुनुपूर्व जुत्ता बनाउन जर्जको पसलमा जान्थे र गफ गरेर बस्थे । उक्त भ्रमणका क्रममा पनि कलाम र जर्जबीच कुराकानी भएको थियो ।

३. विद्यालयमा पढ्दा डा. कलामले पत्रपत्रिका बेच्थे । कलाम एउटा गरीब परिवारमा हुर्केका थिए । उनका बाबुलाई घर धान्न धौ–धौ थियो । आफ्नो परिवारको यस्तो अवस्था देखेर कलामले विद्यालयबाट फर्केपछि पत्रपत्रिका बेच्थे ।

४. अब्दुल कलाम निकै सरल स्वभावका मानिस थिए । उनको जीवन शैली निकै सरल थियो । उनीसँग त्यति धेरै सामान थिएनन् । उनको कोठामा टिभी थिएन । उनको निजि सम्पत्तिमा केही किताव, एउटा विणा, केही जोर कपडा, सिडी प्लेयर र ल्यापटप मात्रै थिए । उनको मृत्युपछि यी सामान उनका दाईले लिएका थिए ।

५. कलामले गणित तथा भौतिकशास्त्रमा रूचि राख्थे । पछि एरोस्पेस इन्जिनियरिङलाई आफ्नो पेशा बनाएका थिए । प्रायः अध्ययन गरिरहने कलाम एउटा तेजश्वी विद्यार्थी पनि थिए । उनलाई ४० वटा भन्दा बढी विश्वविद्यालयले मानार्थ डक्टरेटको उपाधिले विभुषित गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय