scheduleबिहिवार आश्विन ८ गते, २०७७

रियल मड्रिडमा आत्तिएका दुई स्टार खेलाडी !

काठमाडौँ, ७ पुस । रियल मड्रिडका दुई स्टार खेलाडी जेम्स रोद्रिगेज र ग्यारेथ बेलको भविष्यबारे प्रशिक्षक जिनेदिन जिदानले खुलाएर बताएका छैनन् । उनीहरुलाई जिदानले सेभियाविरुद्धको खेलमा समेत उतार्न मानेनन् ।

उनले दुई खेलाडी घाइते भएको र फिट नरहेको बताएका थिए । तर, रोद्रिगेज भने अभ्यास गर्दै आइरहेको बताइएको छ । रोद्रिगेज र बेल दुवै जना क्लब छोड्न तयार रहेका छन् ।

तर, रियलले उचित मुल्य नपाउँदा उनीहरुलाई क्लब छोड्न नदिएको बताइएको छ ।

रोद्रिगेज इभर्टन आउन चाहेको बताइएको छ ।

उनी र प्रशिक्षक एन्सेलोटीबीच राम्रो सम्बन्ध भएका कारण पनि खेलमा सहज हुने अनुमान गरिएको छ ।

उता बेल भने चिनियाँ क्लब जाने तयारीमा रहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय