scheduleबिहिवार आश्विन ८ गते, २०७७

‘एकसाथ तीनवटै उपाधि जित्न चाहन्छु’

काठमाडौँ, ७ पुस । पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनीहरुको खेल प्रतिभा हेर्दै आफु हुर्केको उनले बताएका छन् ।

यस सिजन उच्च फर्मका रहेका उनले भनेका छन्,’ जब सानो थिए म जिदानको फ्यान थिए । त्यसपछि रोनाल्डोको खेलले मलाई आकर्षित गरेको थियो ।’

आफ्नो फाउण्डेशनको उद्घाटन गर्दै उनले यस सिजन आफु तीनवटा उपाधि जित्ने दाउमा रहेको बताएका छन् ।

च्याम्पियन्स लिगमा पिएसजीले बोरुसिया डोर्टमण्डसँग आमने सामने गर्दैछ ।

आउने फ्रेबअरी हुने उक्त खेलका लागि पिएसजी तयार रहेको उनले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय