scheduleसोमवार फाल्गुन १२ गते, २०७६

अभागी ओजिल !

काठमाडौँ, ७ पुस । आर्सनलका स्टार खेलाडी हुन् मेसुट ओजिल । आर्सनल आएपछि उनले धेरै उतारचढाव देखे । उनी व्यक्तिगत कारण पनि विवादमा तानिए । आर्सनलसँग पुर्व प्रशिक्षकसँग सम्बन्ध बिग्रिएपछि उनले अन्य क्लब जाने तयारी पनि परे ।

तर, आर्सनलको प्रशिक्षक माइकल आर्टेटा आएपछि उनको भुमिका भने बढेर गएको छ । माइकल आर्टेटाले उनको तारिफ गरेका छन् । उनले आर्सनलमा सही भुमिका नपाएको आर्टेटाले बताएका छन् ।

उनी एक गुणस्तरीय खेलाडी भएको तर, केही कुरामा अभागी रहेको आर्टेटाले बताएका छन् । यस सिजन उनी आएसँगै फर्ममा देखिएका ओजिलको खेल सुधार गराउन लागि परेको उनले बताएका छन् ।

आर्सनलका लागि उनी मुख्य खेलाडी रहेको उनले बताएका छन् । खेल सुधारका लागि आफुले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय