scheduleसोमवार फाल्गुन १२ गते, २०७६

सभामुख निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु हुँदै

 प्रतिनिधिसभा सभामुखका लागि आजबाट प्रक्रिया सुरु हुँदैछ । आज प्रतिनिधिसभामा सभामुखका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गर्नेछ ।

काठमाडाैं, ७ माघ ।

निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार आज साढे दुई बजे भित्र सूची प्रकाशन गरिनेछ । माघ १२ गते हुने सभामुख निर्वाचनका लागि प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ ।

यसअघि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिएपनि संसद सुचारु भएको हो । उनले ज्येष्ठ सदस्यका रुपमा सांसद महन्थ ठाकुरलाई राजनीमा पत्र बुझाएकी थिईन् । त्यसपछि उनले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो तीन बजेका लागि आह्वान गरिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय