scheduleसोमवार फाल्गुन १२ गते, २०७६

राष्ट्रिय सभा निर्वाचन : ४८ घण्टे मौन अवधि सुरु

काठमाडाैं, ७ माघ । माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आचार संहिता बमोजिम राती १२ बजेबाट ४८ घण्टे मौन अवधि गएराती बाट सुरु भएको निर्वाचन आयोगले जनाएको हो ।

मौन अवधिमा आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसारका कुनै पनि कार्य गर्न नपाइने र गरेमा नियमानुसार कारवाही हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

मौन अवधिको पालना गरीरगराई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सहयोग पुर्‍याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारीलगायतलाई आयोगले आग्रह गरेको छ ।

निर्वाचन बिहीबार सात प्रदेशका उच्च अदालत रहेका जिल्ला क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा हुँदैछ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय