scheduleसोमवार आश्विन १२ गते, २०७७

आईसीसी यू१९ विश्वकपः वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी

एजेन्सी, ७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू१९ विश्वकप अन्तर्गत सोमबार राति सम्पन्न खेलमा वेस्ट इन्डिज र अष्ट्रेलिया विजयी भएका छन् ।

सोमबार भएको खेलमा समुह ‘बी’ को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई डक वर्थ लेविस पद्धतिको आधारमा ७१ रनले हराउँदै क्वाटरफाइनल नजिक पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका केल्वन एन्डरसन १ सय ५ बलमा ६ चौका र ३ छक्का सहित ८५ रनमा अविजित रहे । नइम योङ ६६, कप्तान किमानी मेलियस २४ र विकेटकिपर लियोनार्डो जुलिएन ४० रनमा आउट भए ।

इन्डिजले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको इंग्ल्यान्डले ४३.४ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि टम क्लार्क ३८ र बेन चाल्र्सवर्थले ३६ रन जोडे । नइम योङले ५ विकेट लिदै म्यान अफ द म्याच चुनिए । पहिलो खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो ।

त्यस्तै समुह ‘बी’  अन्तर्गतकै अर्को खेलमा अष्ट्रेलियाले पहिलो पटक यु१९ विश्वकप खेलेको नाइजेरियालाई १० विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ गरेको नाइजेरिया ३०.३ ओभरमा ६१ रनमा अल आउट भयो ।

नाइजेरियाका लागि एलिजा ओललेये २१ रन बनाए । नाइजेरियाका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्पिनर तनवीर संघाले ५ विकेट लिए । ६१ रनको लक्ष्य अष्ट्रेलियाले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।

आज मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेलमा समह ‘सी’ बंगलादेश र स्कटल्यान्ड भिड्ने छन् ।

बंगलादेशले पहिलो खेलमा जिम्बावेलाई ९ विकेटले हराएको थियो । स्कटल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

समुह ‘ए’ को खेलमा भारतले पहिलो पटक विश्वकपमा सहभागी जापानसँग खेल्ने छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ९० रनले हराएको थियो । जापानले पहिलो खेलमा न्युजिल्यान्डसँगको वर्षाको कारण १-१ अंक बाँडेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय