scheduleमगलवार फाल्गुन १३ गते, २०७६

अग्निविरूद्ध परेन उम्मेदवारी

काठमाडौं, ७ माघ । रिक्त सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ।  नेकपाबाहेक अन्य दलबाट सभामुखका लागि उम्मेदवारी नपरेपछि माघ १२ गते भोटिङ नहुने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार  प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी परेको छैन् ।

मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तकिएको थियो ।  सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ।

अब सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित हुने पक्का भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय