scheduleआइतवार आश्विन ११ गते, २०७७

विद्यावारिधि गर्नेलाई छात्रवृत्ति

भद्रपुर, ७ माघ । झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई  ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । मेचीनगर–११ का विष्णु रिमालले राजनीतिशास्त्र र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञानसम्बन्धी विषयमा विद्यावारिधिका लागि सो छात्रवृत्ति प्राप्त गरेका हुन् ।
मेचीनगर नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षामा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई यसअघिदेखि नै छात्रवृत्ति प्रदान गर्दै आए तापनि विद्यावारिधि तहमा पहिलोपटक प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले जानकारी दिईन् ।

नगरपालिकाले झापा विद्रोहका शहीद वीरेन राजवंशीको स्मृतिमा प्रत्येक वर्ष कूल  १० लाखको विपन्न तथा दलित छात्रवृत्ति वितरण गर्दै नआएको छ । सो छात्रवृत्ति गत आर्थिक वर्षमा प्राविधिक विषयमा अध्ययनरत ४७८ जनालाई वितरण गरिएको नगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताए ।

उनका अनुसार कक्षा ११ र १२ मा पशु तथा कृषि विज्ञान पढ्ने विद्यार्थीलाई गैरदलित भए  दुई हजार ५०० र दलित भए  तीन हजारका दरले वार्षिक छात्रवृत्ति वितरण गरिएको छ । नगरपालिकाले प्राविधिक विषयमा स्नातक र स्नातकोत्तर गरेका विद्यार्थीलाई  पाँच हजारका दरले रकम प्रदान गरेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय