scheduleसोमवार फाल्गुन १२ गते, २०७६

धादिङको सवारी दुर्घटनामा ज्यान गुमाउेनको संख्या ६ पुग्यो (अपडेट)


धादिङ, ७ माघ । धादिङको नीलकण्ठ नगरपालिका-८ मा भएकाे ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यू र अन्य ४ को उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यू भएको जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।

गम्भीर ७ जना घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं ट्रमा सेन्टर लगिएको धमलाले जानकारी दिए ।

धादिङको ज्वालामुखी गाउँपालिका-४, ढोलामण्डलीको दर्शन गरेर फर्किँदै गर्दा भएको ट्रक दुर्घटनामा ३१ जना घाइते भएका छन् । यात्रु बोकेो ट्रकमा यात्रा गर्दा घाइते भएका मध्ये केहीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।
ज्वालामुखी गाउँपालिका ४ बाट धादिङबेसी फर्किँदै गरेको ट्रक नीलकण्ठ नगरपालिका-८, मैलीभञ्ज्याङ ससाह ज्यामिरेमा सडकमै पल्टिँदा मानवीय क्षति भएको हो । झण्डै ४० यात्रु रहेको ट्रकका चालक गम्भीर घाइते भएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय