scheduleमगलवार फाल्गुन १३ गते, २०७६

धादिङ दुर्घटनाका मृतकको सनाखत (मृतकको नामावलीसहित)


धादिङ, ७ माघ । धादिङमा मंगलबार भएको मिनी ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा नीलकण्ठ नगरपालिका–२ भुलभुलेका सेते गुरूङ,प्रेमबहादुर गुरूङ, ध्वजबहादुर गुरूङ,बेलबहादुर गुरूङ,विदुर गुरूङ,तिलकबहादुर गुरूङ र पूर्ण नारायण श्रेष्ठ रहेका युवा संघ धादिङका उपाध्यक्ष राजाराम रिजालले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते ३० भन्दा बढी घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने केही गम्भीरलाई हेलिकप्टरमार्फत् काठमाडौंको ट्रमा सेन्टर पुर्‍याइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार करिब ४५ जना सवार ट्रकमा मण्डली दर्शन गरेर फर्किँदै गरेका यात्रुहरु रहेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय