scheduleमगलवार फाल्गुन १३ गते, २०७६

साउदी राजकुमारमाथि संसारकै धनी बेजोसको फोन ह्याक गरेको आरोप

एजेन्सी, ८ माघ । साउदी अरबका अधिराजकुमार मोहम्मद बिन सलमानमाथि अमेजनका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ ।

गार्जियनका अनुसार सन् २०१८ मा ह्वाट्सएपबाट पठाएको सन्देश प्राप्त भएपछि बेजोसको फोन ह्याक भएको थियो । उक्त ह्वाट्सएप सन्देश साउदी अधिराजकुमार सलमानले पठाएको स्रोतलाई उदृत गर्दै गार्जियनले लेखेको छ ।

अधिराजकुमार सलमानले सन् २०१८ को मे १ गते बेजोसको फोन ह्याक गरेको समाचारमा बताइएको छ । ह्याक भएपछि बेजोसको फोनबाट ठूलो मात्रामा डाटा निकालिएको थियो ।

गार्जियनका अनुसार सलमानले ह्वाट्सएप आदानप्रदान गर्ने क्रममा बेजोसको फोन ह्याक गर्ने मनसायले घातक ह्वाट्सएप भिडियो फाइल पठाएका थिए ।

सन् २०१८ मे १ गते अधिराजकुमार सलमानले बजोसलाई इन्क्रिप्टेडे फाइल पठाएका थिए । उक्त फाइल पठाएपछि फोन ह्याक भएको र ह्याक भएको केही घण्टाभित्रै बेजोसको फोनबाट ठूलो मात्रामा डाटा निकालिएको थियो ।

गत वर्षमात्रै बेजोसका सुरक्षा प्रमुखले साउदी सरकारले उनको फोनसम्म पहुँच पुर्‍याएको र व्यक्तिगत सूचना चोरेको बताएका थिए ।

उक्त ह्याकिङका कारण नै जनवरीमा बेजोस र लरेन सान्चेसबीच भएको कुराकानी चुहिएको विज्ञहरूले बताएका छन् । लरेन अमेरिकी टेलिभिजन प्रस्तोता हुन् ।

फोन ह्याक भएको केही समयपछि लरेन र बेजोसबीच डेटिङ भइरहेको समेत समाचार बाहिर आएको थियो ।नेशनल इन्वाइरर नामक समाचार पत्रिकाले बेजोसले लरेनसँग डेटिङ गरेको समाचार प्रकाशित गरेको थियो ।

तर गत वर्षको फेब्रअरीमा उक्त समाचार पत्रिकाका मालिकमाथि लरेन र आफ्ना निजी फोटो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए ।

तर साउदी अरेबियाका विदेशमन्त्रीले फ्रेबुअरीमा उक्त घटनामा आफ्नो सरकार सामेल नभएको प्रस्ट पारेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय