scheduleसोमवार आश्विन १२ गते, २०७७

वन कार्यालयका प्रमुख पक्राउ

रुपन्देही, ८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ गरेको छ ।

वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार घुस लिँदै गर्दा सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय